माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो – Satabdi News

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

२१ वैशाख २०७८, मंगलबार । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय भएको छ ।

यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारलाई  वैधानिक मान्यता नदिने  निर्णय पनि  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो" A few seconds ago

सम्बन्धित खवर