झापामा कोइला उद्योगमा भीषण आगलागी – Satabdi News

झापामा कोइला उद्योगमा भीषण आगलागी

२० वैशाख २०७८, सोमबार । झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ ।मेचीनगर– १५ मिलकोटस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

‘बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको उर्लाबारीको गरी ६ वटा दमकलले नियन्त्रणको प्रयास गरिरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । कोइला पोल्न प्रयोग गरिने काठको भुस रहेका कारण आगो नियन्त्रण गर्न मुस्किल भएको छ ।’ आगो विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झापामा कोइला उद्योगमा भीषण आगलागी" A few seconds ago

सम्बन्धित खवर