अशोक राईको ओलिलाई ब्याङ्ग्य : काग बढि बाठो हुदा फोहोर खान पुगे – Satabdi News

अशोक राईको ओलिलाई ब्याङ्ग्य : काग बढि बाठो हुदा फोहोर खान पुगे

जेठ ७ – जनता समाजवादि पार्टि नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री ओलि को राजनितिक कदम प्रति आलोचना गरेका छन् ।

वरिष्ठ नेता राईले फेसबुक स्टाटसमा लेख्दै भनेका छन् काग बढि बाठो भएकै कारण फोहोर खाना पुगेको हो भन्ने कुरा नेपालि राजनितीमा चरितार्थ भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अनुरोध’मा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेसम्मको समय दिएर नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले ‘अनुरोध’ पत्र शितल निवास पठाएका थिए ।

जसको लगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न एक दिनको समय दिएर आह्वान गरिन् ।

राजनीतिक घटनाक्रममा आएको यो परिवर्तनपछि संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणमा निर्णायक देखिएको छ। सरकारको नेतृत्वको प्रस्ताव जसपालाई आउनसक्ने राजनीतिक विश्लेषकहरूले बताइरहेका छन्।

यतिवेला प्रम ओलि र रास्ट्रपति को कदम प्रति चौतर्फी आलोचना समेत भैरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अशोक राईको ओलिलाई ब्याङ्ग्य : काग बढि बाठो हुदा..." A few seconds ago

सम्बन्धित खवर