मोरङको लेटाङमा छुरा प्रहार गरी ढुङ्गा, बालुवा, निर्माण सामाग्री ढुवानीका ठेकेदारको हत्या – Satabdi News

मोरङको लेटाङमा छुरा प्रहार गरी ढुङ्गा, बालुवा, निर्माण सामाग्री ढुवानीका ठेकेदारको हत्या

१ जेठ २०७८, शनिबार । मोरङ लेटाङ नगरपालिका-३ का २२ वर्षीय निर्माण व्यवसायी रोमन राईको छुरा प्रहार गरी शुक्रबार राति हत्या भएको छ।
मोरङ लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरी शुक्रबार राति रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ।हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्।

सुशील दर्जी र दिलबहादुर लिम्बूले काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन्।

पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको राति १०:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

रोमन निर्माण व्यवसायी हुन्। उनि ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको लेटाङमा छुरा प्रहार गरी ढुङ्गा, बालुवा,..." A few seconds ago

सम्बन्धित खवर