पुन के पी ओली प्रधानमन्त्रीमा नियुक्त: मन्त्रिपरिषद् विस्तार (नामावली सहित ) – Satabdi News

पुन के पी ओली प्रधानमन्त्रीमा नियुक्त: मन्त्रिपरिषद् विस्तार (नामावली सहित )

१ जेठ २०७८, शनिबार। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार प्रधानमन्त्रीमा पुन के पी ओली नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा दिइएको छ । २७ वैशाखमा ओलीले संसद्मा विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

कोको भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पुन के पी ओली प्रधानमन्त्रीमा नियुक्त: मन्त्रिप..." A few seconds ago

सम्बन्धित खवर