उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले केके माग पुरा गरि दिए? – Satabdi News

उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले केके माग पुरा गरि दिए?

वैशाख ३१ – जनता समाजवादि पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै दलका मधेशि नेताहरुलाई ओलिले मधेशको केके माग पुरा गरिदिए भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलिलाई महन्त ठाकुर पक्षले सरकार टिकाउन सहयोग गरेको भोलि पल्ट अध्यक्ष यादवले १२ बुदे प्रश्न द्वारा आफ्नै दलको ठाकुर पक्षका नेताहरुलाई यस्तो जिज्ञासा् राखेका छन् ।उनका प्रश्न यस्ता छन् –

मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?
१. आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१० +१ ) प्रदेशको स्थापना ।
२. समनुपतिक निर्वाचन प्रणाली ।
३. शासन – प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा सामुदायिक / जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।
४.सरकारी कामकाजी भाषामा समान- बहुभाषिक नीति ।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।
६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।
७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।
८. वर्ग, वर्ण , लिङ्ग , जात / जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य ।
९. नागरिकता समस्याको समाधान ।
१०. जल, जङ्गल र जमीनमाथिको अधिकार ।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।
१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।
के. पी. ओलिले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पुर्ती गर्ने काम नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपेन्द्र यादवको मधेशि नेताहरुलाई प्रश्न : ओलिले..." A few seconds ago

सम्बन्धित खवर