राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा  – Satabdi News

राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा 

९ बैशाख २०७८, बिहीबार। राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि आगामी ६ जेठमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभामा बागमती प्रदेश, अन्य समूहतर्फबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न उपनिर्वाचन गर्न लागेको हो ।

नेपाल सरकारको सोमबारको निर्णयअनुसार आयोगले ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने घोषणा गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैँतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था रहेको छ ।
आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेभित्र आयोगमा निवेदन दिन सूचित गरिएको प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

आयोगले उपनिर्वाचनका लागि तयारीसमेत प्रारम्भ गरेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आयोगले आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा " A few seconds ago

सम्बन्धित खवर