विराटनगरमा एकैदिन ९७ जनासहित प्रदेश १ मा १६८ संक्रमित थपिए – Satabdi News

विराटनगरमा एकैदिन ९७ जनासहित प्रदेश १ मा १६८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जनामहिला र ५१ जनापुरुष छन् । मोरंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीयतहनखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापागाउँपालिका र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा२, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या३१ हजार ७० पुगेको छ । संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगरमा एकैदिन ९७ जनासहित प्रदेश १ मा १६८ सं..." A few seconds ago

सम्बन्धित खवर