एमाले नेपाल–खनाल पक्षको विराटनगर कार्यालय खोल्यो – Satabdi News

एमाले नेपाल–खनाल पक्षको विराटनगर कार्यालय खोल्यो

९ बैशाख २०७८, बिहीबार, विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।
यसअघि चैत २८ गते सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

सो समूहले दुवै कमिटि गठन गरेको दुई हप्ता पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको सो समूहका एक नेताले बताएका छन् ।
केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्षले विराटनगर–२ स्थित तिनपैनीमा महानगर कमिटीको छुटै कार्यालय खोलेर आफूपक्षीय पार्टीको गतिविधिलाई तीब्र बनाएको छ । दुई तले घर भाडामा लिएर महानगर कमिटीले विहिबारदेखि पार्टी कार्यालय संचालनमा ल्याएको छ । कार्यालयको बिहीबार बिहान एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले एक कार्याक्रमका बीच उद्घाटन गरेका थिए ।

कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएपनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए।
इन्चार्ज अर्चायले अहिलेपनि आफुहरु पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी अध्यक्ष ओलीले नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई एकपछि अर्को कारबाहीको शिलशिला जारी राखेकोले उनी पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए ।
सो समूहले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका कमिटि निर्माण गर्नुको साथै भातृ संगठनहरुका समानान्तर कमिटि निर्माणमा पनि तीब्र बनाएको नेपाल–खनाल पक्षीय एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले नेपाल–खनाल पक्षको विराटनगर कार्यालय खोल्यो" A few seconds ago

सम्बन्धित खवर