विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए – Satabdi News

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८८७जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रदेश १ माआज २४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना कोरोना सं..." A few seconds ago

सम्बन्धित खवर