बेलबारी बहुमुखी क्याम्पसको अध्यक्षमा ज्ञानेन्द्र सुबेदीको निरन्तरता : उपाध्यक्ष पदमा हुन् सकेन सहमति – Satabdi News

बेलबारी बहुमुखी क्याम्पसको अध्यक्षमा ज्ञानेन्द्र सुबेदीको निरन्तरता : उपाध्यक्ष पदमा हुन् सकेन सहमति

चैत्र ३१ ,२०७७ बेलबारी। बेलबारी बहुमुखी क्याम्पसको तेस्रो परिषद भेला सोमबार सम्पन्न भएको छ। बेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा सम्पन्न परिषद भेलामा परिषद सदस्यहरुको बाक्लो उपस्तिथी रहेको थियो। संचालक समितिको बिधानमा भएको बेवास्था अनुसार परिषद सदस्यहरु मध्येबाट ११ जना सदस्यहरु खुल्ला तर्फबाट निर्बाचन प्रकियाबाट सर्बसम्मत निर्बाचित गरिएको थियो।

यसरि निर्बाचित भएको सदस्यहरुबाट सहमतिमा अध्यक्ष पदमा ज्ञानेन्द्र सुबेदीलाई चयन गरिएको छ। अध्यक्ष ज्ञानेन्द्र सुबेदीको यो तेस्रो निरन्तरता हो। त्यसैगरि कोषाध्यक्षमा परशुराम सुबेदी चयन गरिएको छ। संचालक समितिको बिधान अनुसार सचिब पदमा क्याम्पस प्रमुख रहने बेबस्था छ। यसरि जम्मा २५ जनाको संचालक समितिको चयन गरिएको ।

साचालक समितिको सदस्य पदहरुमा क्रमस शिव प्रसाद बराल,नगेन्द्र जमर कट्टेल,राज कुमार लिम्बु,मोहन गुरुङ,राम कुमार राई,कुमारी गुरुङ,कृष्ण बहादुर गुरुङ,कुमार बोखिम र महेन्द्र सुबेदी सर्ब सम्मत निर्बाचित भएका छन्। लेखा संयोजकमा पूर्ण सिटौला ,सदस्यहरुमा चन्द्र सुब्बा,रंजित गुरुङ,भोजराज बस्नेत र भोला गौतम सर्बसम्मत निर्बाचित भएका छन।

मनोनित सदस्य तर्फ भने प्रकास मादेन, नन्द कुमार राई,माधव थापा,अमर सुबेदी,भगवती श्रेष्ठ,शान्तिराम गिरि,धर्म प्रसाद कट्टेल र बिरेन्द्र बस्नेत मनोनियन भएका छन्।

उपाध्यक्ष पदमा भने सहमति हुन् सकेन

निर्बाचित सदस्यहरु मध्येबाट उपाध्यक्ष पदमा भने सहमति हुन् सकेको छैन। उपाध्यक्ष पदमा तिन जना सदस्यहरु क्रमस महेन्द्र प्रसाद सुबेदी,नगेन्द्र जमर कट्टेल र राज कुमार लिम्बुले दाबि गरे पछि सहमति हुन् सकेन। उपाध्यक्ष पदको लागि पटक पटक छलफल गरि सहमति खोजे पनि सबैले आ आफ्नो अडान कायम राखेकोले सहमति जुट्न सकेन। महेन्द्र सुबेदी निबर्तमान संचालक समितिमा उपाध्यक्ष हुनु हुन्थ्यो।
उपाध्यक्ष पदको लागि सहमतिको लागि भोलि सम्मको समय दिएको निर्बाचित समितिको एक सदस्यले सताब्दी न्युजलाई बताए।

 

त्यसैगरि बन्द सत्रमा परिषद सदस्यको तर्फाबाट बोल्दै परिषद सदस्य मन कुमार गुरुङले क्याम्पसको जग्गालाई अब बन्ने समितिले व्यवस्थित गर्नु पर्ने सुझाब दिएका थिए। त्यसैगरि परिषद सदस्य तिलक प्रसाद राईले पनि समय माग्दै बोलेका थिए। राईले आजको परिषद भेलामा परिषद सदस्यहरुलाई बोल्ने समय नदिएकोमा आफ्नो बिमति रहेको बताए। त्यसै गरि परिषद सदस्य शुल्क रु १००० मात्र राख्नु पर्ने पनि सुझाब दिए। बेलबारी भित्र रहेका सबै जाति वर्ग लिङ्गबाट समाबेसी हुनेगरि परिषद सदस्य वितरण गर्नु पर्नेमा जोड दिए। हिजो पटक पटकको सचिबालय बैठकबाट आदिबासी जनजाति,दलित र सिमान्तकृत समुदायबाट प्रतिनिधित्व हुनेगरि ७% सदस्य रिजर्बभेसन गर्ने सहमतिलाइ  कार्यनयन  नभएकोमा आक्रोश पोखे। अब बन्ने समितिले बिधान लेख्दा अबिलम्ब यो व्यवस्था लेखिनु पर्ने सुझाब दिए। त्यसगरी परिषद सदस्य  कृष्णा गुरुङले पनि आफ्ना कुराहरु राखेका थिए। गुरुङले बोल्दै संचालक समितिको बिधान १० बर्ष नपुग्दै बिधान पुनर्लेखन गर्नु पर्ने कारण सोधेका थिए। यस तेस्रो परिषद भेलाबाट यस क्याम्पसको संचालक समितिको बिधान पुनर्लेखन गर्ने प्रस्ताब पास गरिएको छ।

परिषद सदस्य भेला ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न भएका थिए। परिषद भेलामा प्रमुख अतिथि पुर्ब सांसद हर्क मान तामाङ्ग , विशिष्ट अतिथि सांसद सावित्री काफ्ले लगायत अतिथिहरुले परिषद भेलाको सफलताको सुभ कामना सहित मन्तब्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बहुमुखी क्याम्पसको अध्यक्षमा ज्ञानेन्द्..." A few seconds ago

सम्बन्धित खवर