प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे  – Satabdi News

प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे 

३१ चैत, काठमाडौं । प्रदेश १ मा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय  ४० पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार तीन सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा कोरोना संक्रमण फेला परेसँगै सक्रिय संक्रमितको संख्या एक सय ४० पुगेको हो ।    

मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म संक्रमित हुनेको संख्या ३० हजार चार सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या एक सय ४० छ ।

कोरोना संक्रमितको संख्या पुनः बढन थालेपछि प्रदेश १ सरकारले विराटनगर स्थित कोभिड अस्पताललाई तयारी अवस्थामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ मा कोरोना सक्रिय संक्रमित एक सय ४० पुगे " A few seconds ago

सम्बन्धित खवर