बेलबारी बहुमुखी क्याम्पस , बेलबारीको साधारण सभा यहि चैत्र ३० गते हुने – Satabdi News

बेलबारी बहुमुखी क्याम्पस , बेलबारीको साधारण सभा यहि चैत्र ३० गते हुने

चैत्र २७, बेलबारी । बेलबारी नगरपालिका वार्ड न ३ मा रहेको बेेलबारी बहुमुखी क्याम्पसको आफ्नै नया भवनमा संचालक समिति सहित सर्ववदलीय बैठक सम्पन्न भएको छ । बैठकमा बेलबारीका राजनितिक दलका प्रमुख लगायत प्रतिनिधिहरु, क्याम्पस प्रमुख, परिषद सदस्यहरु , सल्लाहकारहरुको उपस्तिथी रहेको थियो ।

बैठकमा नेपाली कांग्रेसका नगर अध्यक्ष शम्भु भट्टराई र राजेश कार्कीले बोलेका थिए । नेकपा एमाले ओली समुहबाट इरान राई र प्रताप थापा ले बोलेका थिए। ने क पा मावोबादी केन्द्रबाट धर्म कट्टेल, मन कुमार गुरुङ र तिलक प्रसाद राईले आफ्नो कुरा राखेका थिए। जनता समाजबादी पार्टीको तर्फबाट बेलबारी नगर अध्यक्ष तिलक साम्पाङ्ग राईले आफ्नो कुरा राखेको थियो । त्यसै गरि जनमुक्ति पार्टी, मंगोल नेसनल ओर्गानेजेसन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिबाट पनि आ-आफ्नो धारणा राखेका थिए । बैठकमा सबैले यहि चैत्र ३० गते हुन् गईरहेको साधारण सभालाई सकारात्मक लिदै नया संचालक समिति बिगतमा झैँ सबै समुदायबाट समाबेसी हुने गरि सहमति, सहकार्यमा बन्नु पर्नेमा जोड दिएका थिए ।

बैठकमा बोल्दै माओवादीका नेता तिलक प्रसाद राईले बेलबारीका धेरै संघ सस्थाहरु विद्यान अनुसार समयमा साधारण सभा नगरेको, छिप्पि सकेको, कतिपय संघ सस्था त काठ भैसकेको अवस्थामा रहेको औलाउदै समयमा साधारण सभा हुनु पर्नेमा जोड दिनु भयो। ढिलाई भए पनि क्याम्पसले गर्न आटेको साधारण सभालाई समर्थन गर्दै सफलताको सुभकामना दिनु भयो ।

अध्यक्ष ज्ञानेन्द्र सुबेदी

संचालक समितिका बर्तमान अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बैठकमा बोल्दै क्याम्पसको आफ्नै भवन निर्माण गर्ने सपना आज १२ बर्ष पछी पुरा भएकोमा खुसि व्यक्त गरेका थिए। बिगतमा आफ्नो भवन नहुदा भाडामा क्याम्पस संचालन गर्नु पर्दा धेरै समस्याहरु रहको स्मरण गरेका थिए। आज जे जस्तो भए पनि क्याम्पसको आफ्नो भवनमा क्याम्पसका बिद्यार्थीहरुले पढ्न पाउदा गर्ब महसुस भएको भाबुक हुदै सुबेदीले बताए। सुबेदीले भवन देखाउदै अझै पनि भवन पूर्ण रुपमा निर्माण भै नसकेको र डेस्क- बेञ्च , टेबल- कुर्सि ,लगायत धेरै कामहरु बाकि रहेको बताए। भवन निर्माण कमप्लिट गर्नलाई तत्काल रु २ करोड चाहिने सुबेदीले बताए।

त्यसै गरि समितिका बर्तमान उपाध्यक्ष महेन्द्र सुबेदीले बैठकमा बोल्दै बिगत लामो समय सम्म समिति क्याम्पसको जग्गाको खोजिमा अल्मलिएको र बल्ल तल क्याम्पसको नाममा जग्गा ल्याउन सकेपनि भवन निर्माणकोलागि बजेट जुटाउन नसकेको कारण ढिलो भएको बताए ।

निर्माणधिन बेलबारी बहुमुखी क्याम्पसको भवनको ठेक्का कुल बजेट रु ४ करोड २५ लाख (भ्याट सहित ) मा ठेक्का लागेको हो। भवन निर्माणको ठेक्का मोरंग कन्ट्रक्सन प्रा लि ले लिएका छन्। हालसम्म बेलबारी नगर पालिकाबाट ६०% रकम निकासा भैसकेको छ र ४० % रकम परिसदले श्रोत दाता खोजेर निर्माण गर्नु पर्नेछ। बर्तमान अध्यक्ष ज्ञानेन्द्र सुबेदी बेलबारी नगरपालिकाका मेयर हुनु हुन्छ।

निर्माणधीन भवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बहुमुखी क्याम्पस , बेलबारीको साधारण सभा..." A few seconds ago

सम्बन्धित खवर