भाउन्ने युथ क्लबद्धारा फुटबल खेलाडीहरुलाई सम्मान – Satabdi News

भाउन्ने युथ क्लबद्धारा फुटबल खेलाडीहरुलाई सम्मान


बेलवारी ,चैत २७ ।  बेलवारीनगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबले फुटबल खेलाडीहरुलाई बधाई तथा सम्मान गरेको छ । भाउन्ने युथ क्लब (BYC), भाउन्ने, मोरङले जनकनन्दनी, खजुरी, धनुषामा ८ जिल्लाको फुटबल टिमहरु सम्मिलित तेस्रो अध्यक्ष गोल्डकप उपाधी जित्न सफल भएकोमा क्लबले बेलबारी-१०, भाउन्ने क्लब भवनमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अतिथि बेलबारी-१० वडा अध्यक्ष तथा क्लबको संस्थापक अध्यक्ष गङ्गा ब. याक्खा, विशिष्ट अतिथी जङ्ग विष्ट, अतिथिहरु सल्लाहकारहरु क्रमश: मदन राई, हरि ब. लिम्बू ,अशिष लिम्वु र विक्रम तामाङ् तथा पत्रकारहरु थिए।

कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिका वडा न. १० का अध्यक्ष गंगा याख्याले  खेलकोलागि वडाले गर्ने सहयोगको भूमिका सधैँ रहने बताउनुको साथे खेलाडीहरुलाई बधाई दिएका छन् ।

भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाडले भाउन्ने को मात्र विजय नभई बेलवारी नगरपालिकाको नै विजय भएको बताए। कलबका कोच विक्रम तामाड र खेलाडीहरुलाई नगद सहित सम्मान गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष सन्तोष तामाङ र कार्यक्रम संचालन अमिर मगरले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने युथ क्लबद्धारा फुटबल खेलाडीहरुलाई सम्मान" A few seconds ago

सम्बन्धित खवर