युवा अभियान्ताहरुको सक्रियतामा अरुण राईलाई आर्थिक सहयोग । – Satabdi News

युवा अभियान्ताहरुको सक्रियतामा अरुण राईलाई आर्थिक सहयोग ।

बेलबारी ।  सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ । यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवाहरु समाजिक काममा सक्रिय भएर लागेका छन ।

हाम्रो एतिहासिक सागुरीगढी धनकुटा ग्रुपको सक्रियतामा सागुरीगढी गापा वडा नं ः ७ निवासी अरुण राईलाई नगद २ लाख ५० हजार १०० रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन ।

बिगत दुई बर्ष देखि प्यारालाइसिस बाट थलिएका २३ बर्षिय अरुण राई बुबा दल बहादुर राई र आमा बखन्ती राईको संग बस्दै आएका छन । बुबा दल बहादुर राईले ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्दै आएका थिए । चरम गरिबी र कामको अभावमा छोराको पालन पोषण र घर चलाउन अत्यन्त कठिन अवस्था छ ।

किरात राई यायोक्खा शाखा इजरायल बाट २ लाख ५ हजार र एतिहासिक सागुरीगढिको पहलमा ४५ हजार १०० रुपैयाँ गरि कुल २ लाख ५० हजार १०० रुपैयाँ सहयोग रकम राईको निवास पुगि हस्तान्तरण गरिएको हो ।

सहयोग रकम एतिहासिक सागुरीगढी धनकुटाको युवा अभियान्ता मेनुका याम्फु राई अनुकला राई , सुकपाल पुत्लुहाङ देवान , प्रितम राईको सक्रियतामा संकलन गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा भोला इवाहाङ राई, रिमा छिलिङ राई , जनप्रतिनिधि पुणर् प्रसाद राई , धन बहादुर राई लगायत युवा अभियान्ता रोमन वाम्बुले राई लगायत स्थानीयको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवा अभियान्ताहरुको सक्रियतामा अरुण राईलाई आर्थ..." A few seconds ago

सम्बन्धित खवर