बेलबारीमा होलिहङ्गामा कार्यक्रम २०७७ हुने – Satabdi News

बेलबारीमा होलिहङ्गामा कार्यक्रम २०७७ हुने

चैत्र १५, बेलबारी । बेलबारी युथ युनिटी क्लबको आयोजनामा “सुन्दर नगरी बेलबारीका लागि वृक्ष रोपणʼʼ भन्ने उद्वेश्यका साथ होलि हङ्गामा कार्यक्रम २०७७ सोमबार ड्रिम ल्याण्ड फन पार्क बेलबारीमा हुने भएको छ ।

कार्यक्रममा पुर्वको चर्चित ब्याण्ड द्रब्य, द नाइट एन्जल, नमुना ब्याण्ड, रोहन एण्ड अल्पायु ब्याण्ड लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ । कार्यक्रम सोमबार दिउँसो १० बजे देखि ड्रिम ल्याण्ड फनपार्क बेलबारीमा समपन्न हुने भएको छ ।

कार्यक्रम संयोजक सुरज राईले कार्यक्रमको तयारी लगभग पूरा भएकाले कार्यक्रम सभ्य र भब्य रुपमा सफल बनाउन सबै सरोकार पक्षमा अनुरोध गरे ।

क्लबका सदस्य दिपेस गिरीले कार्यक्रमको बचत रकमबाट पुरानो मालपोत लाइनमा गमला सहितको वृक्षरोपण गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा होलिहङ्गामा कार्यक्रम २०७७ हुने" A few seconds ago

सम्बन्धित खवर