बेलबारी खानेपानीमा निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण बेलबारी । – Satabdi News

बेलबारी खानेपानीमा निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण बेलबारी ।

बेलबारी बेलबारी सहरी खानेपानी तथा उपभोक्ता समितिको तेस्रो अधिवेशनबाट निर्वाचित समितिले सपथ ग्रहण गरेका छ्न । आइतबार आयोजित सपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुले सपथ लिदै आफ्नो कार्यभार औपचारिक रुपमा सम्हालेका हुन । शनिवार सम्म्पन्न निर्वाचनबाट संयुक्त गठबन्धनको तर्फ बाट अध्यक्षमा रुक्मिणी धिमाल, उपाध्यक्षमा केशव घले , सचिवमा जगत क्षेत्री ,कोषाध्यक्षमा डिल्लीराज गिरी, खुल्ला सदस्यमा प्रेमबहादुर गुरुङ , गणेश बस्नेत महिला सदस्यहरुमा बबिता राई, सर्मिला मगर, सितादेवी बास्तोलाले सपथ लिएका छन । कार्यक्रममा निबर्तमान अध्यक्ष महेन्द्र सुबेदी र सचिब अमर सुबेदीले सस्था का खाता पाता सहित माइन्युट खाता निर्बाचित सचिब जगत बास्तोलालाई बुझाएका थिए।


त्यसैगरि आइतबार नै अध्यक्ष रुक्मिणी धिमालले आफ्नो कर्यभाल सम्भाल्दै कार्यालयमा पुरानो समिति संग केहि बेर छलफल गरेका थिए। निर्बाचित समितिले कार्यालयका कर्मचारीहरु संग परिचय पनि गरेका थिए।


उक्त सपथ ग्रहण कार्यक्रममा नेपालि कांग्रेसका नगर अध्यक्ष सम्भु भट्टराई ,जसपा नगर अध्यक्ष तिलक सम्पांग राई, नेकपा मावोबादी केन्द्र नगर अध्यक्ष परशुराम सुबेदी ,नेपाली कांग्रेस जिल्ला सभापती डिक बहादुर लिम्बु , उपाध्यक्ष भक्ति माझी,नेका युबा नेता ललित श्रेष्ठ ,सुन्दर हरैचाका मेयर शिव प्रसाद ढकाल , जसपा प्रदेस सदस्य शान्ता तामांग , जसपा जिल्ला सदस्य केशव थापा मगर , जसपा जिल्ला सदस्य मणि राई , मावोबादी केन्द्र नेता धर्म कट्टेल , लगायतको उपस्तिथी रहेको थियो। कार्यक्रम राजेंद्र अधिकारीले संचालन गरेका थिए भने स्वागत मन्तब्य निबर्तमान कोषाध्यक्ष प्रताप थापाले गरेका थिए।

त्यसै गरि आज सोमबार का दिन तिन दलिय गठबन्धनले तेस्रो साधारण सभाबाट निर्बाचित समितिलाई बधाई तथा सुभकामना दिएका छन्।उक्त कार्यक्रम बेलबारीको तमु गुम्बाको भवनमा राखिएको थियो। कार्यक्रममा गठबन्धनका नेताहरु बात बधाई तथा सुभकामना दिएका थिए। कार्यक्रम पछि चियापान गरि समापन गरिएको थियो। कार्यक्रममा विभिन्न स्थानिय राजनिती दलका प्रतिनिधि लगायत उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन मावोबादीकेन्द्र बेलबारी नगर अध्यक्ष परशुराम सुबेदीले गरेका थिए भने स्वागत मन्तब्य जसपा बेलबारी नगर अध्यक्ष तिलक राईले गरेका थिए। त्यसैगरि कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस बेलबारी नगर सभापति शम्भु भट्टराईले गरेका थिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी खानेपानीमा निर्वाचित पदाधिकारीद्वारा सप..." A few seconds ago

सम्बन्धित खवर