खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद खिम्बुले – Satabdi News

खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद खिम्बुले

भोजपुर चैत ४ । सम्वाददाता झिल खिम्बुले – वान्तावाको एक पाछा किरात खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसाद राई निर्वाचित भएका छन् ।

भोजपुर जिल्लाको अरुण गाउपालिका वडा न: ४ र्याङ्ग स्थित केन्दृय कार्यलयमा भएको चौथो अधिवेशनले राईलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरिएको हो।

चैत १, २ र ३ गते सम्म चलेको चौथो अधिवेशनले १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा प्रजापती राई, हेमराज राई सचिव सुजन राई सह सचिवमा पवित्रा राई कोषाध्यक्ष लक्ष्मी राई रहेका छन् भने सदस्यहरुमा परमान राई, कृष्ण कुमार राई, रमन सिङ राई, सन्जिव राई, काली बहादुर राई, देवि माया राई ,कुमन राई र किरण राई रहेका छन।

त्यस्तै सल्लाहकार समितिमा रुद्र बहादुर राई रानिमाया राई र निलकुमार राई रहेका छन् ।

सम्मेलनले सस्थागत धारणा लाई लिएर ३ बुदे घोषणापत्र समेत जारी गरेको छ।

आफ्नो समुदायको भाषा संस्कार संस्कृति रितिथिति र पहिचानको संरक्षणार्थ  स्थापित सस्थाले खिम्बुले राई पाछाको वङ्शावली पहिलो र दोस्रो संस्करण समेत प्रकाशित गरिसकेको छ।

सस्थापक अध्यक्ष स्व पदम बहादुर खिम्बुले राईको अगुवाईमा केन्द्रिय कार्यलयको स्थापना भएको थियो भने वङ्शावली खोज तथा अन्वेषणमा जगत खिम्बुले राई धन खिम्बुले राई सहितका बौद्धिक ब्यक्तिब्यक्तित्वहरुको योगदान रहेको थियो।

आफ्नो पाछा वङ्शका ऐतिहासिक बिकासक्रमका आधारमा किरात खिम्बुले राईहरुले आफुहरु त्यो ठाउँको प्राचीन जाती समुदाय भएको जिकिर गर्दै आएको छ। हाल सम्म खिम्बुले राईहरुको १३ पुस्ताले उक्त ठाउमा पुस्तान्त्रण गरिसकेको छ ।

जहाँ खिम्बुले राईहरुको बसोबास छ उक्त ठाउलाई तत्कालीन समय मा माझ किरात को पहिचान ले चिनिने गरिन्थ्यो तर पछि राज्यको बिभेदकारी प्रशासनिक निति ले उक्त नाम सहित किरात राई समुदायहरुको भाषा सस्कार सस्कृती रहनसहन भेषभुषा

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खिम्बुले राई एकता समाजको अध्यक्षमा चन्द्र प्रसा..." A few seconds ago

सम्बन्धित खवर