जसपाको नेतृत्व मा सरकार बन्दै काँग्रेस र माओवादीले समर्थन गर्ने – Satabdi News

जसपाको नेतृत्व मा सरकार बन्दै काँग्रेस र माओवादीले समर्थन गर्ने

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बन्ने सम्भावना बलियो भएको छ । यसका लागि तीनै दलबीच विभिन्न तहमा छलफल अगाडि बढिरहेको छ ।
जनता समाजवादी पार्टीले आज आन्तरिक बैठक बसेर समिकरणका लागि प्रस्ताव तयार गरेको छ । उसले सहमतिको प्याकेजसहित काँग्रेस र माओवादी केन्द्रसँग कुराकानी अगाडि बढाउँदैछ ।

विश्वस्त स्रोतका अनुसार सरकारको नेतृत्वको दाबी गर्दै जसपाले काँग्रेस र माओवादी केन्द्रसँग प्रस्ताव लाने भएको छ । यसअघि जसपाको उच्च नेतृत्वले काँग्रेस सभापति शेरबहादुर देउवालाई कि नेतृत्वका लागि अगाडि बढ्न कि आफूहरुलाई नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको थियो ।
जसपाको नेतृत्वलाई माओवादी केन्द्रले पनि साथ दिने वचन दिइसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा तयार भएमा जसपाको नेतृत्वमा सरकार बन्ने निश्चितप्रायः भएको छ । तर, देउवा आफै नेतृत्वको दाबेदार छन् । उनलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले बाहिर बसेर ओलीको सरकारलाई समर्थन गर्न जोड दिइरहको छ । काँग्रेसको आन्तरिक राजनीतिले पनि समिकरण बन्न कठिन भइरहेको छ ।

जसपाले समिकरण बनेमा नेतृत्वका लागि नाम पनि दिने भएको छ । अध्यक्ष महन्थ ठाकुर र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । विश्वस्त स्रोतका अनुसार देउवा कि आफू प्रधानमन्त्री बन्ने कि ठाकुरलाई साथ दिने पक्षमा छन् । प्रचण्ड भने देउवा या भट्टराईको पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाको नेतृत्व मा सरकार बन्दै काँग्रेस र माओ..." A few seconds ago

सम्बन्धित खवर