बेलबारी साना सहरी खानेपानी संस्थाको अध्यक्षमा धिमाल र गौतमको चर्चा – Satabdi News

बेलबारी साना सहरी खानेपानी संस्थाको अध्यक्षमा धिमाल र गौतमको चर्चा

           रुकमिणी धिमाल                                खेम प्रसाद गौतम

चैत २, बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चैत ०७ गते चुनाव हुने भएको छ ।

संस्थाको नेतृत्व लिन राजनितिक दलका उम्मेद्वार तछाड मछाड गरिरहेका छन् । नेकपा एमाले तर्फबाट हालका लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम प्रसाद गौतम र नेपाली कांग्रेसकाबाट स्थानीय निर्वाचनमा उपमेयरपदका उम्मेदवार समाजसेवी महिला रुकमिणी धिमाल रहेका छन् ।

जसपाका केशब घले

त्यसैगरी उपाध्यक्ष पदको लागी जनता समाजबादी पार्टीका तर्फबाट बेलबारी १ निवासी केशब घले र सचिब पदको लागी ए मावोबादीबाट जगत बहादुर क्षेत्रि निर्बिरोध विजय भएका छन। त्यसैगरि महिला तर्फ बबिता राई , सर्मिला मगर र सितादेवी बास्तोला पनि निर्बिरोध निर्बाचित भएका छन्।

जसपा का बबिता राई

उता कोषाध्यक्षमा डिल्लीराज गिरी (उत्तम) र तोषित सुवेदीको बीच प्रतिस्प्रधा हुने भएको छ। साथै खुल्ला तर्फ २ सदस्य पदको लागी पनि प्रेम बहादुर गुरुङ , प्रकाश कुमार भण्डारी र गणेस बस्नेतको उम्मेद्वारी परे पछि प्रतिस्प्रधा हुने भएको छ।एक महिनाको अथक प्रयास पछि राजनीतिक दलको सहमति नभए पछि निर्बाचनमा जान सोमबार मनोनयन दर्ता भएको हो ।

जगत बहादुर क्षेत्रि

निकै लामो समय सम्म हुन नसकेको चुनाव यस बर्ष भने साधारण सभा मार्फत नयाँ पदाधिकारी चयन हुनेछन् । यस संस्थाको सवा चार करोड भन्दा बढी ॠण पनि रहेकॅ पाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी साना सहरी खानेपानी संस्थाको अध्यक्षमा ध..." A few seconds ago

सम्बन्धित खवर