निर्मला पन्त हत्याकाण्ड लुकाउन वादलले एमाले छोडेन : सङ्ग्रौला – Satabdi News

निर्मला पन्त हत्याकाण्ड लुकाउन वादलले एमाले छोडेन : सङ्ग्रौला

 

चैत २ काठमाडौं ।   लेखक तथा राजनितिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले पुर्व माओवादी नेता राम बहादुर वादल निर्मला हत्या काण्डमा मुछिएको हुदा एमाले नछोडेको आरोप लगाएका छन् ।

उनले फेसबुक स्टाटस मा आफ्नो धारणा सार्वजानिक भनेका छन्  कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन् ।

निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ । संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।’

यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् । उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "निर्मला पन्त हत्याकाण्ड लुकाउन वादलले एमाले छोड..." A few seconds ago

सम्बन्धित खवर