नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको "चार- स" अभियान सम्पन्न – Satabdi News

नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको “चार- स” अभियान सम्पन्न

१ गते चैत्र ,२०७७। नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समिति को आयोजना तथा नेपाल मगर संघ पथरी सनिश्चारे मोरंगको व्यवस्थापनमा चार स अभियान सनिबार सम्पन्न भएको छ। मोरंग जिल्ला भरिका मगरहरु यस चार स अभियान नेपाल मगर संघको भवन पथरी सनिश्चारे मा भेला भै सम्पन्न भएका थिए।

उक्त अभियान मा नेपाल मगर संघ १ न प्रदेस अध्यक्ष तेज कुमार आले मगरले ” चार- स अभियान”  को प्रशिक्षण दिनु भएका थिए। “चार- स ” भन्नाले शिक्षा , संगठन ,संघर्ष र समृद्दीको बारेमा प्रष्ट पार्नु भएको थियो। त्यसैगरि नेपाल मगर संघ नेपालका केन्द्रिय सदस्य प्रोफेशर ढक बहादुर खपांगी मगरले पनि मगर कला संस्कृति,रिति रिवाज ,रहन सहन र मगरको इतिहासको बारेमा व्याख्या बर्णन गर्नु भएका थिए।

यस कार्यक्रमका अध्यक्षता नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिका अध्यक्ष टिका पिठाकोटे मगरले गरेका थिए भने सचिब मनिस सुर्य मगरले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल मगर संघ मोरंग जिल्ला समन्वय समितिको ̶..." A few seconds ago

सम्बन्धित खवर