नेतृत्व सम्हाल्न तयार छौंः जसपा – Satabdi News

नेतृत्व सम्हाल्न तयार छौंः जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व सम्हाल्न तयार भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै नेता राजकिशोर यादवले जसपा सरकारको नेतृत्व सम्हाल्न तयार भएको बताएका हुन् ।

उनले आफूहरुलाई सँधै भर्याङका रुपमा मात्रै हेरिने भएकाले यसपटक भने आफू नै नेतृत्वमा जान तयार भएको बताए । ‘हामीलाई जहिले पनि सत्तामा पुग्ने भर्याङका रुपमा हेरिन्छ । प्रश्न सोध्दा पनि त्यसैगरी सोधिन्छ । तर, अब हामी यो मान्यतालाई चिर्न चाहन्छौं,’ यादवले भने ।

उनले कांग्रेस, ‘एमाले र माओवादीसँग आफूहरु नेतृत्वकै लागि वार्तामा जाने निर्णय भएको बताए । ‘हामीले कांग्रेस, एमाले वा माओवादी सबैसँग नेतृत्वकै लागि प्रस्ताव लिएर जान्छौं । उहाँहरुले कस्तो जवाफ दिनुहुन्छ, सोही अनुसार अगाडि बढ्छौं,’ नेता यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेतृत्व सम्हाल्न तयार छौंः जसपा" A few seconds ago

सम्बन्धित खवर