‘रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुन्छ’ वरिष्ठ नेता राजेन्द्र महतो – Satabdi News

‘रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुन्छ’ वरिष्ठ नेता राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे आफुहरु आन्दोलनमा जाने बताएका छन् ।

धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपा पार्टीका वरिष्ठ नेता महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका हुन् ।

कार्यक्रममा महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन। रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन।’

टीकापुर घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् । घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।

निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए। अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्। जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ समेत खुवाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सु..." A few seconds ago

सम्बन्धित खवर