खुवालुङ फुटाउने प्रयास भएको भन्दै किराँत राई विद्यार्थी संघद्वारा विरोध प्रर्दशन (तस्वीर सहित) – Satabdi News

खुवालुङ फुटाउने प्रयास भएको भन्दै किराँत राई विद्यार्थी संघद्वारा विरोध प्रर्दशन (तस्वीर सहित)

फागुन २१, बेलबारी । अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीमा रहेको खुवालुङलाई फुटाउने दुस्साहस गरिएको भन्दै किरात राई विद्यार्थी संघले बिरोध गरेका छन् । उनीहरुले संगमस्थल त्रिवेणीमा नै पुगेर विरोध गरेका हुन् ।

विहीबार संघका अध्यक्ष रामचन्द्र राईको नेतृत्वमा विद्यार्थीहरु खुवालुङ क्षेत्रमै पुगेर खुवालुङलाई फुटाउने सरकार प्रमुखको अभिव्यक्तिको विरोध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आफ्नो पार्टीको आमसभामा खुवालुङले जेटबोट चलाउन अवरोध गरेकोत्यसलाई क्रेन लगाएर फुटाउने र नदीको बाटो क्लियर गर्ने बताएका थिए । सोपछि किरात समुदायले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइरहेका छन् भने खुवालुङ बचाउने अभियान तीव्र बनाएका छन् । यसै क्रममा राई विद्यार्थीहरुको एक टोलीले खुवालुङ क्षेत्रमा पुगेर प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘खुवालुङ किरातीहरुको संस्कृति र सभ्यतासँग जोडिएको केन्द्रविन्दु हो, त्यसलाई भत्काउन पाइँदैन,’ संघका महासचिव अञ्जिलहाङ किरातीले टेलिफोन कुराकानीमा भने, ‘यदि सरकारले भत्काएरै जाने दुस्साहस गर्छ भने त्यसको सशक्त प्रतिकार गरिनेछ ।’

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले कालो व्यानर र प्लेकार्ड देखाएका थिए । सो क्रममा उनीहरुले संघको झण्डा गाड्नुका साथै खुवालुङ संरक्षण र किरात प्रदेश सम्बन्धी भित्ते लेखन समेत गरेका थिए ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खुवालुङ फुटाउने प्रयास भएको भन्दै किराँत राई वि..." A few seconds ago

सम्बन्धित खवर