टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने – Satabdi News

टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने

फागुन १९, बेलबारी । प्रदेश नं १ स्तरीय  टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । संयुक्त खस क्षेत्री समाजको अध्यक्ष इन्द्र बहादुर बस्नेत र खेल संयोजक चुबक खड़काले आज पत्रकार सम्मेलन गरी बताएका छन् ।

प्रतियोगितामा जम्मा १० टिमले सहभागी हुने भएको छ । प्रथम हुने टिमले नगद रु तीस हजार दोस्रो हुने टिमलेले नगद रु बीस हजार साथमा ट्रफ़ी र प्रमाण पत्र पाउने बस्नेतले बताएका छन् । क्रिकेट खेलबाट उठेको रकमलाई बचत गरी मिर्गौलिया पीड़ित कुम्भ देवी बस्नेतलाई सहयोग गर्ने र केही रकम निर्माणधिन रहेको गौतम बुद्ध अन्तरष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरिने पनि बताउका छन् । प्रतियोगिता बेलबारी न पा को वार्ड न १० को भाउन्ने खेल मैदान मा हुनेछ । यस प्रतियोगिताको सहयोगी संस्था बेलबारी नगरपालिका वार्ड न १० को वडा कार्यालय रहेको छ । प्रतियोगिताको उद्द्घाटन खेल फाल्गुन २० गते भई फ़ाइनल खेल फाल्गुन २७ गते हुनेछ । पत्रकार सम्मेलन ड्रीमलेंड पार्क बेलबारी ३ मा सम्पन्न भएको थियो । खेल बेलबारी वडा नं ८ मा रहेको एन्दीयो क्रिकेट खेल मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टूबोर्ग २०/२० क्रिकेट प्रतियोगिता २०७७ हुने" A few seconds ago

सम्बन्धित खवर