हर्न निषेध कडाइ गदै ट्राफिक प्रहरी पोस्ट बेलबारी – Satabdi News

हर्न निषेध कडाइ गदै ट्राफिक प्रहरी पोस्ट बेलबारी

फागुन १२, बेलबारी । १ नम्बर प्रदेशमा हर्न निषेध कडाइ गरे सँगै ट्राफिक प्रहरी पोस्ट बेलबारीले सवारी साधनमा प्रेसर हर्न बजाउन जडान गरिएको सोली निकाल्न सुरु गरेको छ । सोमबार देखी ट्राफिक प्रहरी पोस्ट बेलबारीले सो कार्यलाई निरन्तरता दिएको हो ।

मालबस, यात्रुबस लगायत सबै सवारी साधनमा चेक जाँच९गर्दै प्रेसर हर्न बजाउन जडान गरिएको सोली निकाल्ने कार्य भइरहेको ट्राफिक प्रहरी पोस्ट बेलबारीका प्रमुख प्रेम शाहले जानकारी दिएका छन् । ठुलो आवाजमा हर्न बजाउँदै तीव्र गतिमा चालकले सवारी साधन कुदाउँदा दुर्घटना हुने सम्भावना बढी हुनाले न्यूनीकरणको लागि बेलबारीमा हर्न निषेध कडाइ कार्यलाई निरन्तरता दिने शाहले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हर्न निषेध कडाइ गदै ट्राफिक प्रहरी पोस्ट बेलबारी" A few seconds ago

सम्बन्धित खवर