भोलि देखी नगर भित्रका भुमिहिन दलित, सकुम्बासी तथा अब्यबस्थित बसोबासको फारम भरिनेछ :- नगर प्रमुख सुवेदी – Satabdi News

भोलि देखी नगर भित्रका भुमिहिन दलित, सकुम्बासी तथा अब्यबस्थित बसोबासको फारम भरिनेछ :- नगर प्रमुख सुवेदी

०४ फागुन, बेलबारी । भुमिहिन दलित, भुमिहिन सकुम्बासी तथा अब्यबस्थित बसोबास गर्ने जनताहरुको भालि देखि तथ्याक विवरण संकलन गर्ने भएको छ ।

मंगलबार बेलबारी नगरपालिकाको तथ्याक संकलनको इकाई कार्यालयको उद्घाटन गरीएको छ । उदघाटन कार्यक्रममा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गदै भोलि देखि टोल टोलमा गएर तथ्याक संकलन गर्न कर्मचारीहरु आउने भएकाले सहि विवरण टिपाउन सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबासलाई आग्रह गरेका छन् ।

नगर प्रमुख सुवेदीले यस कार्यमा सहयोग गर्नका लागि जनप्रतिनिधि, राजनितक दल, संघसंस्था कर्मचारीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । फारम भर्ने कर्मचारी तथा सेवा लिने सेवाग्रहिहरुलाई कुनै कुरा नबुझिएमा सम्बन्धित वडा समिति, नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

फारम भर्न के के चाहिन्छ ?
फारम भर्दा चाहिने आवश्यक कागजातहरू घरमूली र श्रीमान् वा श्रीमती दुवै जनाको हालसालै खिचिएको फोटो, मुलि मध्ये १ जनाको मृत्यु भएको भए एक जनाको मात्रै फाटो, परिवारको सबै सदस्यहरूको नागरिकता, नाबालक भएमा जन्मदर्ताको प्रमाणपत्र, पालिका र वडामा बसोबास गरिरहेको प्रमाणका रूपमा मतदाता– परिचयपत्र, विजुलीको रसिद, खानेपानीको रसिद वा वडा कार्यालयले दिएको सिफारिसपत्र, कम्तिमा १० वर्षदेखि स्थायी रुपमा बसोबास गरिरहनुभएका परिवारले अव्यवस्थित बसोबासीका रूपमा फारम भनुपर्नेछ, अव्यवस्थित बसोबासीहरूले आफ्नो वा परिवारको सदस्यको नाममा अरूतिर नम्बरी जमिन भएमा, नम्बरी जग्गाको प्रमाणपुर्जाको फोटोकापीहरू, फारम भर्न घरमूली स्वयं जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भोलि देखी नगर भित्रका भुमिहिन दलित, सकुम्बासी त..." A few seconds ago

सम्बन्धित खवर