पथरीलाई फाईनलमा हराउदै बिराटचोेक बिजयी – Satabdi News

पथरीलाई फाईनलमा हराउदै बिराटचोेक बिजयी

०४, फागुन, मोरङ । मोरङको बेलबारी–१० मा भाउन्ने युथ क्लबद्वारा आयोजित “भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७” को आज फाईनल खेल सम्पन भएको छ ।

मंगलबार भएको खेलमा पथरी फुटबल क्लबलाई २–१ को अन्तरले पराजित गर्दै सगरमाथा फुटबल क्लब बिराटचोक विजयी भएको हो ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै सगरमाथा फुटबल क्लबको तर्फबाट जर्सी नं १८ का अभिषेक लिम्बु म्यान अप दि म्याच भएका छन् । म्यान अप दि म्याचको पुरस्कार आजका प्रमुख अथिति बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द« सुवेदीले प्रदान गरेका थिए ।

त्यसै गरी उत्कृष्ट गोलरक्षकको रुपमा भने सगरमाथा फुटबल क्लबको तर्फबाट पुर्ण चेमजोङ्ग घोषित भएका छन् । त्यसै गरी उत्कृष्ट डिफेन्सको रुपमा भने सगरमाथा फुटबल क्लबको तर्फबाट जर्सी नं ०४ का पदम बिष्ट पुर्ण घोषित भएका छन् । पथरी फुटबल क्लबको तर्फबाट भने जर्सी नं ०७ का आर्के कन्दङवा उत्कृष्ट मिड फिल्डरका रुपमा घोषित भए भने पथरी कै जर्सी नं १४ का रोशन कार्की उत्कृष्ट फरबार्डका रुपमा घोषित भए ।

त्यसै गरी उत्कृष्ट प्रशिक्षकका रुपमा भने सगरमाथा फुटबल क्लबको प्रशिक्षक आशिष गुरुङ घोषित भएका हुन् । त्यसै गरी भाउन्ने युथ क्लबको तर्फबाट भने जर्सी नं ८ का सहन याख्खा उदयमान खोलाडी रुपमा घोषित भएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप–विजेता टिमले नगद रु ३१ हजार ३ सय ३३, ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता बेलबारी वडा नं १० स्थित भाउन्ने रगंशालामा भएको हो । फाईनल खेलको औपचारिक समापन कार्यक्रमका सभाध्यक्ष भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाङले गरेका थिए भने कार्यक्रम संञ्चालन सल्लाकार अमिर मगरले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पथरीलाई फाईनलमा हराउदै बिराटचोेक बिजयी" A few seconds ago

सम्बन्धित खवर