भाउन्ने निलोलाई हराएदै सगरमाथा फुटबल क्लब सेमिफाईनमा प्रवेश – Satabdi News

भाउन्ने निलोलाई हराएदै सगरमाथा फुटबल क्लब सेमिफाईनमा प्रवेश

२६ माघ, मोरङ । मोरङको बेलबारी–१० मा भाउन्ने युथ क्लबद्वारा आयोजित “भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७” को तेस्रो दिनको खेल सम्पन भएको छ ।

मंगलबार भएको खेलमा भाउन्ने फुटबल क्लब (निलो) लाई ५–० को अन्तरले पराजित गर्दै सगरमाथा फुटबल क्लब बिराटचोक विजयी भएको हो । सगरमाथाको तर्फबाट खेलको पहिलो हाफमा अभिषेक लिम्बु २, बिरेन्द« लिम्बु १, भुवन लिम्बु १, र दोस्रो हफमा अशोक लिम्बलेु १ गोल गरेका छन् ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै सगरमाथाको म्यान अप दि म्याच बिरेन्द« लिम्बु भएका छन् । म्यान अप दि म्याचको पुरस्कार आजका प्रमुख अथिति आदिबासी जनजाति महासंघका बेलबारी अध्यक्ष तिलक प्रसार राईले प्रदान गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छ भने उप–विजेता टिमले नगद रु ३१ हजार ३ सय ३१ प्राप्त गर्ने छन् ।

भोलि हुने खेल आयोजक टिम सशस्त्र प्रहरी बल पकली र बोरावन एकेडमी बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिता बेलबारी वडा नं १० स्थित भाउन्ने रगंशालामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने निलोलाई हराएदै सगरमाथा फुटबल क्लब सेमिफ..." A few seconds ago

सम्बन्धित खवर