भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न – Satabdi News

भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न

माघ २६ , बेलबारी । भाउन्ने युथ क्लबको आयोजनामा भाउन्ने कप नक-आउट फुटबल प्रतियोगिता – २०७७ को आज उद्घाटन भएको  छ । कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुबेदी निर्धारित समयमा आइनपुगे पछि बेलबारी नगर वडा १० का वडा अध्यक्ष गङ्गा याखा र भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाङ्ग लगायत बिशिष्ठ अतिथि हरुले संयुक्त रुपमा खेल मैदानमा बेलुन उड़ाई खेलको उद्दघाटन गरि खेलको शुरुवात गरिएको थियो ।

आजको उद्द्घाटन खेल बेलबारी फुटबल क्लब , बेलबारी र रोयल स्पोर्टिंग क्लब, झापाको बीच प्रतिस्पर्धा भएको थियो । खेलको पूर्वार्द्धमा झापाको खेलाडीलाई बेलबारीको खेलाडीले डि बक्स भित्र लडाएपछि रेफ्रीले फ्रिकिक दिएको थियो । पेनाल्टीको सदुपयोग गर्दै झापाको जर्सी न १४ का एकराज बुढाथोकीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । निर्धारित खेल अवधि भरि बेलबारीले गोल फर्काउन सकेनन । अन्तत रोयल स्पोर्टिंग क्लब झापाले बेलबारी फुटबल क्लबलाई सुन्यको बिरुद्ध १ गोलले बिजय भए । आजको खेलमा उत्कृष्ठ खेल खेल्दै झापाका जर्सी न १४ का एकराज बुढाथोकी  म्यान अफ द म्याच भएका थिए । त्यसै गरि यस क्लब लाई भवन निर्माण गरि सहयोग गर्नु हुने दाता कौशल्या देवानलाई  र स्थानीय पुर्व खेलाडी अशोक बिष्टलाई सम्मान गरिएको थियो ।

भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाङको संयोजकत्वमा अध्यक्षता र प्रमुख अतिथि ज्ञानेन्द्र सुबेदीको उपस्तिथीमा उद्द्घाटन कार्यक्रम सम्पन्न भएको थिए । कार्यक्रममा स्वागत मन्तब्य अमिर मगरले गरेका थिए भने कार्यक्रमको सफलताको सुभ कामना बक्तब्य विशिष्ट अतिथि गङ्गा याखाले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खे..." A few seconds ago

सम्बन्धित खवर