सिद्धार्थ नकआउट फुटबल प्रतियोगितालाई आर्थिक तथा प्राविधिक सहयोग – Satabdi News

सिद्धार्थ नकआउट फुटबल प्रतियोगितालाई आर्थिक तथा प्राविधिक सहयोग

माघ २३ गते देखि सुचारु हुन लागेको स्व.दिलेन्द्र राई स्मृती नकआउट सिद्धार्थ गोल्डकपलाई सहयोगार्थ आर्थिक र प्राविधिक सहयोगहरु प्राप्त हुने क्रम जारी रहेको छ ।

आयोजक टिमका खेलाडी हाल मनाङ्ग मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका स्ट्राईकर उमेश राई र आयोजक टिमका टिम क्याप्टेन विष्णु फुयाँलले शताब्दी न्युजसंग कुरा गर्दै प्रतियोगिताको निम्ति सरकारी स्तरबाट भन्दा पनि व्यक्तिगत र निजि क्षेत्रबाट आफुहरुलाई सहयोग प्राप्त भई रहेको बताएका छन ।

आफुहरु अब कठिन अवस्थाको बावजुद पनि प्रतियोगिता तयारीको अन्तिम चरणमा रहेको उनीहरुले बताएका छन । प्रतियोगितामा सहयोग गर्ने व्यक्तिहरुको नामावली सहित आयोजकले आज सामाजिक संजाल मार्फत धन्यबाद ज्ञापन गरेको पनि छ । विकाश राई( दश हजार, सुरेश गोम्देन (तीस हजार, सागर लिम्बू (बीस हजार, शैलेश लिम्बू , राज लिम्बू ( सम्पुणर् खेल सामाग्री तीस हजार बराबर । प्रतियोगिताको फाइनल तामाङ्ग ल्होछारको दिन हुने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिद्धार्थ नकआउट फुटबल प्रतियोगितालाई आर्थिक तथा..." A few seconds ago

सम्बन्धित खवर