सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुने – Satabdi News

सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुने

इटहरी । फुटबल खेलाडीको उर्वर क्षेत्र रहेको इटहरी(३ मा सिद्धार्थ युवा समुहको आयोजनामा प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनसरी, मोरङ्ग, झापा र उदयपुरका पुर्वमा प्रतिष्ठित आठ वटा क्लबहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने र प्रतियोगिता माघ २३ गते देखि सुरु भई फाइनल माघ ३० गते सोनाम ल्होछारको दिन हुने जानकारी आयोजक समिती संयोजक जीत बहादुर गोम्देनले दिएका छन ।

प्रतियोगितालाई इटहरीकै शानको रुपमा स्थापित गर्न आफुहरु लागि परेको पनि गोम्देनले बताएका छन । प्रतियोगिता सम्पुणर् तयारी अन्तिम स्तरमा रहेको सिद्धार्थ युवा समुहका अध्यक्ष आशिक वाइबाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुने" A few seconds ago

सम्बन्धित खवर