आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको तदर्थ समिति गठन – Satabdi News

आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको तदर्थ समिति गठन

पुस ०१, काठमाडौं । समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित हुनु परेको छ । नेपालको सन्दर्भमा हाम्रो ठहर छ ।
मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनहरूमा आम आदिवासी जनजाति समुदायले ठूलो वगावत गरे पनि उनीहरूले वर्षौंदेखि उठाइरहेको पहिचानसहितको सङ्घीयता र समावेशी सिद्धान्त (पूर्ण समानुपातिक)का मागहरू सुनुवाइ भएको छैन । संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक हो, भनेर लिखित गरिए पनि व्यवहारतः लागू भएको छैन ।
शिक्षा र स्वास्थ्य क्षेत्र जनताको मौलिक हक भए पनि दलाल व्यापारीहरूको कब्जामा छ, यो विभेदकारी छ । यसले अभिजात वर्ग र जातिहरूको मात्रै पक्ष लिइरहेको छ । प्राथमिक तहदेखि विश्वविद्यालयसम्म एकल जाति, खास गरी ‘हिन्दू सौन्दर्य’ र ‘आर्य सभ्यता’को मात्रै पाठ्यक्रममा भाषा–साहित्य पढाइएर राज्यले नै विविधताको संस्कृति र सौन्दर्यलाई अस्विकार गरिरहेको छ । नेपालका आदिवासी जनजातिहरूका लागि राज्य जहिल्यै प्रतिगामी छ । यसका विरुद्ध हामीले जहिल्यै प्रतिरोध गरिरहेका छँदै छौं । राज्यका सबै खाले निरङ्कुशता, प्रतिगमन वा अधिनायकवादका विरुद्ध अझ शक्तिशाली आन्दोलनसहित प्रतिरोध गर्नै पर्दछ ।
आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्य समेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरूलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन आवश्यक देखिन्छ । आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई मिहिन ढङ्गले बुझ्न, बहस गर्न र लिखित गर्नुपर्ने हुन्छ । नेपाली भनिने गरिएको ‘खस पर्वते भाषा र साहित्य’लाई नेपाली हो भन्ने कथनका विरुद्ध बहस गर्दै नेपालका सबै मात्रृभाषा तथा तिनका साहित्यलाई ‘नेपाली हो’ मान्यता स्थापित गराउन पर्छ । विविधता सहितको नेपाली सौन्दर्य शास्त्रको निर्माण गर्न, प्राथमिक तहदेखि विश्व–विद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाव दिन,विश्वभर भएका, भइरहेका आदिवासी जनजाति अभियानहरूसित घनीभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्न,नेपालका आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्थाका रूपमा ‘आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेफाल’को तदर्थ समिति घोषणा गर्दछौं ।

संयोजक ः राजन मुकारुङ
सह–संयोजक ः  सरस्वती प्रतीक्षा
सह–संयोजक ः टंक सेलिङ
सचिव ः बुद्ध योञ्जन लामा
आर्थिक संयोजक ः उर्मिला गम्बा थारु
सदस्य ः अञ्जना इछमफूल

सदस्य ः अनन्त दुनुवार
सदस्य ः उत्तम सुनुवार
सदस्य ः कविराज तामाङ
सदस्य ः कुन्साङ
सदस्य ः कृष्ण मेचे
सदस्य ः कृष्ण सर्वहारी
सदस्य ः गणेस कुमाल
सदस्य – गौरी तमू
सदस्य ः चोमु शेर्पा खुशी
सदस्य ः तेजेन्द्र ताजफुरिया
सदस्य ः निशा रुम्बा
सदस्य ः नेपोलियन चेपाङ
सदस्य ः फुर्बाछिरिङ तङ्बे
सदस्य ः बेचन उराव
सदस्य ः भिम किसान
सदस्य ः मङ्गलराम दराई
सदस्य ः मेनुका छन्त्याल
सदस्य ः रजनी मिला
सदस्य ः राम गोपाल आँसुतोष
सदस्य ः लाक्पा तेन्जी शेर्पा
सदस्य ः लालबहादुर भुजेल
सदस्य ः डा. विष्णु सिँजाली
सदस्य ः सन्त माझी
सदस्य ः सरोजसिंह दुनुवार
सदस्य ः डा. सोमबहादुर धिमाल
सदस्य ः सीता तुम्खेवा
सदस्य ः हेन्सेन याक्खा
सदस्य ः हेमा आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको तदर्थ..." A few seconds ago

सम्बन्धित खवर