ओली कमरेड होईन्, तानाशाही र प्रतिगमनकारी हो :- शाक्य – Satabdi News

ओली कमरेड होईन्, तानाशाही र प्रतिगमनकारी हो :- शाक्य

पुस २९, काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी र तानाशाही भएको बताएकी छन् ।

बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले प्रधानमन्त्री ओली ओलीमा कम्युनिस्ट मूल्य मान्यता, आदर्श नरहेको दाबी गरिन् ।

शाक्यले भनिन्, ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दुख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?’

नेतृ शाक्यले काठमाडौँ तातेपछि हरेक आन्दोलन सफल भएको दावी गर्दै ओलीको कदम बिरुद्ध अब काठमाडौं तातिने बताइन् । भनिन्, ‘ओलीविरुद्धको आन्दोलन निर्णाय बन्न धेरै समय लाग्दैन, उहाँले कुर्सी छाड्नै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओली कमरेड होईन्, तानाशाही र प्रतिगमनकारी हो :- ..." A few seconds ago

सम्बन्धित खवर