बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी – Satabdi News

बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी

२६ पुस, बेलबारी । बेलबारी नगरपालिकाले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको लागि  विभिन्न पदहरुमा पदपुर्तिको लागि आवश्यक कर्मचारीको माग गरेको छ  ।

शुक्रबार नगरपालिकाले एक सुचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो । नगरपालिकाले विभिन्न पदका लागि दरखास्त आवान गरेको छ । त्यसै क्रममा ईन्जिनियर अधिकृत छैठोँ १, कार्यक्रम सयोजक अधिकृत  १, सर्वेक्षक सहायक २, अमिन सहायक चौथो ३, तथ्याङ्क संकलक ७, लगत प्रविष्टकर्ता ३, समाजिक परिचालक ३, र फिल्ड सहयोगी ३, गरी जम्मा २३ जनाको पदपुर्तिको दरखास्त आवान  गरेको हो ।

नगरपालिकाले जारी गरेको मितिले १५ दिन भित्र दरखास्त लिई सक्नु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले माग्यो २३ कर्मचारी" A few seconds ago

सम्बन्धित खवर