प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज बाट शुरू – Satabdi News

प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज बाट शुरू

पुस २४, बेलबारी । नेपाल मगर संघ बेलबारी वार्ड न १ कमिटीको आयोजना तथा जन ज्योति क्लब नक्सलबारीको व्यवस्थापनमा माघे संक्रान्ति प्रदेस न १ स्तरीय खुल्ला नक आउट फ़ुटबल प्रतियोगिता २०७७  कार्यक्रम प्रमुख अतिथि नेपाल फ़ुटबल संघ मोरंगको अध्यक्ष दीपेन्द्र धिमालले पानसमा बत्ती बालेर उद्द्घाटन गरी आजबाट शुरू भएको छ ।

उद्द्घाटन खेल लेटाङ फ़ुटबल क्लब र नक्सलबारी फ़ुटबल क्लबको बीचमा प्रतिस्पर्धा भएको थियो । खेलको पूर्वार्द्धमा खेल बराबरीमा टुङ्गिए पनि उत्तरार्द्धमा लेटाङ फ़ुटबल क़्लबले सम्पूर्ण खेल आफ़नो नियन्त्रणमा लिएका थिए । अन्तत खेल लेटाङ फ़ुटबल क्लबले सुन्यको बिरुद्ध ३ गोल गर्दै बिजय भए । आजको खेलमा उत्कृष्ठ खेल खेल्दै लेटाङका विजय भुजेल म्यान अफ द म्याच भएका थिए।

नेपाल मगर संघ बेलबारी वार्ड न १ का अध्यक्ष मणि पुलामी मगरको अध्यक्षतामा उद्द्घाटन कार्यक्रम सम्पन्न भएको थिए । त्यसै गरि प्रमुख अतिथि दीपेन्द्र धिमाल , विशिष्ट अतिथिमा नेपाल मगर संघ नगर अध्यक्ष केशव थापा मगर, न पा वार्ड न १ अध्यक्ष चक्र खुलाल, आदिबासी जनजाति महासंघ बेलबारी नगर अध्यक्ष तिलक प्रसाद राई , वार्ड न १ सदस्य द्वय रमेश निरौला र बिन्दु कला गुरुङ अन्य अतिथिहरुमा शिब प्रसाद बराल, जगत छेत्री, पत्रकार नारायण राई , सन्दिप राई लगायत स्थानीय बुद्दिजीविहरुको उपस्तिथी थियो ।

कार्यक्रम संचालन टेकराज एक्चाई मगरले गरेका थिए भने स्वागत मन्तव्य चन्द्रकला मगरले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश नं १ स्तरीय नकआउट फ़ुटबल प्रतियोगिता आज ..." A few seconds ago

सम्बन्धित खवर