बलात्कार गर्न खोजेको आरोपमा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी प्रकाउ – Satabdi News

बलात्कार गर्न खोजेको आरोपमा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी प्रकाउ

२२ पुस, बेलबारी । मोरङको बेलबारीबाट १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलबारीका मिटर रिडरलाई पक्राउ परेका छन् ।

मिटर रिडिङ गर्न जाने क्रममा घरमा भएकी एक बालिकालाई जबरजस्ती करणीको गर्न प्रयास गरेको पाइएपछि रिजाललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ॠषिराज ढकालले जानकारी दिएका छन् । उनका अनुसार सुन्दरहरैँचा नगरपालिका–२ घर भएका प्राधिकरणका कर्मचारी ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ परेको हो ।

प्राधिकरणले खटाए अनुसार रिजाल घर–घरमा मिटर रिडिङ गर्न जाने गर्थे । त्यस क्रममा मिटर रिडिङ गर्न पुगेका उनले घरमा एक्लै भएको अवस्थामा बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी प्रहरीमा परेको थियो । पक्राउ परेका रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मङ्गलबार म्याद थप गरेर अनुसन्धान थालिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बलात्कार गर्न खोजेको आरोपमा विद्युत प्राधिकरण ब..." A few seconds ago

सम्बन्धित खवर