नकआउट भलिबल प्रतियोगितामा धरान विजयी :- काकुम युवा समुह – Satabdi News

नकआउट भलिबल प्रतियोगितामा धरान विजयी :- काकुम युवा समुह

२१ पुस, बेलबारी । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्वारा आयोजित नकआउट भलिबल प्रतियोगिताको विजेता धरान-१७ भएका छन् ।

आईतबार भएको समुह- ‘ए’ को सेमिफाइनल खेलमा लेटाङलाई पराजित गर्दै धरान-१७ फाईनमा प्रवेश गरेको थियो । पहिलो  सेटमा २५-१६ र दोस्रो सेटमा २६-२४ को सोझो सेटको अन्तरले फाईनलमा प्रवेश गरेको हो । त्यस्तै समुह ‘बि’ को सेमिफाईनल खेलमा बबियाबिर्तालाई हराउदै विर्तामोड फाईनलमा प्रवेश गरेको थियो । पहिलो सेटमा २५-२७, दोस्रो सेटमा २१-२५, तेस्रो सेटमा २५-२० को अन्तरले विर्तामोड फाईनलमा प्रवेश गरेको हो ।
आईतबार नै भएको फाईनल खेलमा विर्तामोडलाई हराउदै धरान-१७ विजेता बनेका छन् । पहिलो सेटमा २९-२७ को अन्तरले बढेको धरान दोस्रो सेटमा भने २१-२५ को अन्तरले हार बेहोरेको धरानले तेस्रो सेटमा भने २५-२० अन्तरले जित हासिल गर्दै विजेता भनेका हुन । उप-विजेता भने विर्तामोड भएको छ ।

त्यसै गरि खेलको उत्कृष्ट खेलाडीमा धरानका राज कुमार तामाङ, उदयमान खेलाडीमा भने डम्बर बस्नेत भएको छन् । त्यस्तै बेष्ट स्पाईकरमा विर्तामोडका प्रमोद पाण्डे भएका छन् । खेलको विजेताले ३० ट्रफी, मेडल, प्रमाणपत्र पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नकआउट भलिबल प्रतियोगितामा धरान विजयी :- काकुम य..." A few seconds ago

सम्बन्धित खवर