दोस्रो दिनको खेल, उर्लाबारीलाई १–० गोलले हराउदै धरान – Satabdi News

दोस्रो दिनको खेल, उर्लाबारीलाई १–० गोलले हराउदै धरान

१७ पुस, मोरङ । मोरङको बेलबारीमा बेलबारी फुटबल क्लबद्वारा आयोजित “स्व। संजोग स्मृति नकआउट फेटबल प्रतियोगिता २०७७” को दोस्रो दिनको खेल भएको छ ।

शुक्रबार भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० को अन्तरले पराजित गर्दै धरान सिटी एकेडेमी फुटबल क्लब धरान विजयी भएको हो । धरानको तर्फबाट खेलको पहिलो हाफको जर्सी नं ०९ का मिलन लिम्बु गोल गरेका छन् ।

खेल अवधीभर उत्कृष्ट खेल प्रस्तुत गर्दै विराटनगरका जर्सी नं ०९ क मिलन लिम्बु नै म्यान अप दि म्याच भएका छन् । म्यान अप दि म्याचको पुरस्कार आजका प्रमुख अथिति बेलबारी नगर प्रवक्ता योगेन्द« सुवेदीले प्रदान गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।

भोलि हुने खेल आयोजक बेलबारी फुटबल क्लब (निला)े र पथरी फुटबल क्लब पथरी बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिता बेलबारी वडा नं ३ स्थित बेलबारी रगंशालामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दोस्रो दिनको खेल, उर्लाबारीलाई १–० गोलले हराउदै..." A few seconds ago

सम्बन्धित खवर