कविता "म खड्ग प्रसादको पक्षमा" – Satabdi News

कविता “म खड्ग प्रसादको पक्षमा”

बिमन किराती

अजिव लाग्छ-
देशको पक्षमा चर्को बोली रहेको बोली

उल्टो पाईलै चाल्दै गरेको खड्ग प्रसादको ओली।
(अजिव लाग्छ।)

मानी लिउ-
खड्ग प्रसाद लाई
आफ्नै हरूले काम गर्न दिएनन
मानी लिउ-
खड्ग प्रसादलाई चौतर्फि घेरा हाले
मानी लिउ-
खड्ग प्रसाद देसको पक्षमा लडिरहेछन्

..अब त उनकै मनमौजी छ …..
अब-
निर्मलाको कलत्कारी पक्राउ पर्छ त ??
अब –
कुलमान घिसिङ्को पुन:नियुक्ति हुन्छ त ??
अब-
डा.गोबिन्द के सी सगका सम्झौता लागू गर्छन त ?
उसो भए-
संसद हत्या गरेर सरकार विस्तार के का लागी ?
उसो भए-
मदन भण्डारीको हत्यारा अब जनताले थाहा पाउछन् त ?
उसो भए-
एनसेल वाईड वडि देखीको भ्रष्ट्रचार काण्डहरूका नायिके अब पक्राउ पर्छन् त ?
के खड्ग प्रसादले –
संसदले पास गरेको नेपालको नया नक्सा लिएर भारतसग बार्ता गर्छन् त ?
के खड्ग प्रसादले-
चुनावी घोषणा पत्रका योजना व्यबस्थित व्यबहारमा गरेर देखाउ छन् त ?
के खड्ग प्रसादले-
कहिले हेग र कहिले मदन भण्डारीको विचारलाई सत्ता बार्गेनिङ मात्रै बनाउन छोड्न त ?

पलझपट सनक र अहममा संसद हत्या गर्न सक्ने खड्ग प्रसादले
के देशै भरी रोजगारी दिने १०हजार उद्योग खोलेर देखाउ सक्छ त ??

यदि खड्ग प्रसादले-
भ्रष्ट्रहरूको संरक्षक नबनेर सबै घोटलाको पर्दाफास गरे
म खड्ग प्रसादको जय गान गाउॅला।
यदि खड्ग प्रसादले-
वरीपरी घुमेर जी हजुरी गरेकै भरमा सरकारी लाभ लिने
उसका चोथाले नन्दीभृङ्गीहरूलाई वर्खास्त गरे
म खड्ग प्रसादको जय गान गाऊला।

यदि खड्ग प्रसादले-
रोग र भोकले अस्तव्यस्त देशलाई
असंवौधानिक मार्गहरूको सुरूङ भित्र लगेर अझै बबर्ताले पुरेनन् भने
जरूर म खड्ग प्रसादको पक्षमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “म खड्ग प्रसादको पक्षमा”" A few seconds ago

सम्बन्धित खवर