दीप श्रेष्ठको प्रस्तुति, भिडियो पनि सार्वजनिक हुने :- “द्रव्य ब्यान्ड” – Satabdi News

दीप श्रेष्ठको प्रस्तुति, भिडियो पनि सार्वजनिक हुने :- “द्रव्य ब्यान्ड”

१६ पुस, बेलबारी । बेलबारीको चर्चित ब्यान्ड “द्रव्य ब्यान्ड” को पहिलो म्युजिक भिडियो आज बिहिबार मध्यरातमा सार्वजनिक हुने भएको छ । बेलबारी स्थित ड्रिमल्यान्ड फन पार्कमा भएको भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक हुने साथै वरिष्ठ गायक दीप श्रेष्ठको पनि प्रस्तुतिको रहने गुरुङले बताएका छन् । नयाँ वर्षको २०२१ अवसरमा सांगेतिक कार्यक्रमको आयोजना गरि “आँसुले” बोलको भिडियो सार्वजनिक हुन लागेको ब्यान्डका संयोजक हरि गुरुङले बताए । गुरुङका अनुसार गीतको भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिने बताएको हो । बेलबारीको पर्यटकीय र रमणीय क्षेत्रमा छायाकन गरिएको उक्त भिडियोले बेलबारीमा रहेका पर्यटकीय स्थललाई प्रचारप्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको पनि उनले बताए ।

उक्त गीतको सङ्गीत द्रव्य ब्यान्ड आफैले गरेको छ भने स्वर टिकाहाङ लिम्बुको रहेको छ साथै शब्द भने आशिस राईले लेखेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दीप श्रेष्ठको प्रस्तुति, भिडियो पनि सार्वजनिक ह..." A few seconds ago

सम्बन्धित खवर