ओलीले संसद विघटन गरेर देशमा आगो लगाए: खगेन्द्र माखिम – Satabdi News

ओलीले संसद विघटन गरेर देशमा आगो लगाए: खगेन्द्र माखिम

मिक्लाजुङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले संसद विघटन गरेर ओलीले देशमा आगो लगाएकाे आराेप लगाउनु भयाे ।

पान्थर जिल्लाको सुदुर दक्षिण तर्फको अन्तिम गाउँ मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ८ दुर्दिम्बाको हाङसारीमा आईतबार आयाेजित विशेष प्रशिक्षण कार्यक्रम बाेल्दै माखिमले पार्टी भित्रको आन्तरिक कलहका कारण संसद विघटन गरेर सिंगो देशलाई आगो लगाएको आराेप लगाउनुभयाे । उहाँले कम्युनिस्ट पार्टीको विकल्प कांग्रेस नभएकाे समेत बताउनु भयाे । उहाँले भन्नुभयाे “यी जुम्ल्याहा हुन् । आमूल परिवर्तनकारी नभई यहि बिभेदकारी यथास्थितिवादी सत्ताको निरन्तरता चाहाने दलहरु हुन् ।” उहाँले कांग्रेस र कम्युनिस्ट पार्टीको विकल्पको रूपमा जनता समाजवादी पार्टी, नेपाल आएको बताउनुभयाे । जसपाले लिम्बुवान सहितको १० प्लस १ प्राप्तिको नेतृत्व गरिरहेकाे बताउनुभयाे । कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावतीले लिम्बुवान सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने बताउनुभयाे । लिम्बुवान प्राप्तिकाे आन्दोलनमा लिम्बुवान चाहाने सबै शक्ति एक हुनको विकल्प नभएकाे समेत बताउनुभयाे । त्यस्तै लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले संघर्ष द्वारा प्राप्त उपलब्धिहरुको रक्षा जसपा, नेपालले मात्र गर्न सक्ने बताउनुभयाे । बिबिध राष्ट्रियता, भाषा, धर्म र संस्कृतीको बारेमा समान अधिकारको लागि आवाज उठाउने एक मात्र पार्टी जनता समाजवादी पार्टी भएकाे बताउनु हुदै समाबेशिताको कार्यन्वयन पार्टी भित्रबाटै शुरु गरेको बताउनुभयाे । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका सह-सचिब नेल्कन माखिम, मिक्लाजुङ गाउँपालिका अध्यक्ष सिंहराज लावती, केन्द्रीय तथा लिम्बुवान सल्लाहकार हेमकर्ण तुम्सा लगायतले बोल्नु भएको थियो । गंगाप्रसाद लावतीको अध्यक्षतामा भएकाे कार्यक्रम सचिब राजेन्द्र चेम्जोङले संचालन गर्नु भएकाे थियाे भने युवा नेता डिल्ली मुसङले स्वागत मन्तब्य गर्नु भएकाे थियाे । प्रशिक्षण कार्यक्रममा दुई दर्जन भन्दाबढी विभिन्न पार्टी परित्याग गरि जसपा, नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि माखिम लगायत नेताहरूले स्वागत गरेका थिए । कार्यक्रममा लिम्बुवान साँस्कृतिक संघका अध्यक्ष कुमार प्रधान “कल्पित” र सचिब ईन्द्र फोम्बो लिम्बुले लिम्बुवान क्रान्तिका गितहरु प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीले संसद विघटन गरेर देशमा आगो लगाए: खगेन्द्र ..." A few seconds ago

सम्बन्धित खवर