नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार – Satabdi News

नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार

११ पुष । बेलबारी नगरपालिकाले नगरभित्रका १२ जना बेसहारा,अशक्त,अनाथ,सडक मानवहरुको उद्दार गरेको छ।

नगरपालिका क्षेत्रभित्र नाङ्गो आकाश ओडेर चिसो भुँईमा भोकभोकै जीवन गुजारिरहेका सहयोगापेक्षीको मानवसेवा आश्रम विराटनगरको संरक्षणमा रहनेगरि उद्धार गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।

उपप्रमुखको अगुवाइमा नगर क्षेत्रभित्रको सडक र गाउँमा रहेका तीन महिला दुई बालबालिका सहित १२ सहयोगापेक्षीको उद्धार गरी मानवसेवा आश्रम विराटनगरले संचालन गरिरहेको पुनस्थापना स्थलमा पुर्याई हस्तान्तरण गरिएको हो । पूर्वपश्चिम लोकमार्गको बेलबारी खण्डको विभिन्न ठाउँमा बस्दै आएका र विभिन्न नगरका वडाबाट उद्दार गरिएका उनीहरूको आजै एक कार्यक्रमका बीच पुनस्थापना गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको संयोजन र मोरङ जिल्लाका विभिन्न पालिकाहरुको सहयोगमा मानवसेवा आश्रमलाई सहयोगापेक्षीहरु हस्तान्तरण गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले यश कार्यलाई प्रदेश सरकारले निरन्तरता दिने बताए।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार" A few seconds ago

सम्बन्धित खवर