कांग्रेस र कम्युनिस्टसंग देश परिवर्तनको एजेन्डा छैन :- चेम्जोङ – Satabdi News

कांग्रेस र कम्युनिस्टसंग देश परिवर्तनको एजेन्डा छैन :- चेम्जोङ

१० पौष, पाचथर। ओलीको असबैंधानिक कदम विरुद्ध व्यापक र्यालीले पाचथरको फिदिन बजार परिक्रमा गर्दै जनता समाजवादी पार्टी, नेपालको पाचथर जिल्ला समायोजन आज पाचथरको सदरमुकाम फिदिनमा सम्पन्न भएको छ ।

जसपा, नेपाल पान्थर जिल्ला समायोजनमा तत्कालीन समाजवादी पार्टी, नेपाल र राजपाको समायोजन कार्यक्रममा कमलराज नेम्बाङको नेतृत्वमा रहेको संघीय लिम्बुवान पार्टी, नेपाल ९सन्जुहाङ समूह० को सिंगो पान्थर जिल्ला समिति पनि जनता समाजवादी पार्टी, नेपालमा समायोजित भएको छ । जसपा, नेपाल पान्थर जिल्ला समायोजन कार्यक्रमबाट अध्यक्षस् लक्ष्मण लावती, उपाध्यक्षहरु नरेश चाम्लिङ, भरत राई र हेम केलाङ जवेगु, सचिबस् कमलराज नेम्बाङ, सह(सचिबहरु सुर्यकिरण राई, सुबास तुम्बापो र लक्ष्मी राई, कोषाध्यक्ष भावना ईङ्वा सहित १५९ समिति समायोजित हुनु भएको छ ।

समायोजन कार्यक्रममा संघीय लिम्बुवान पार्टी, नेपाल ९सन्जुहाङ समूह० का केन्द्रीय उपाध्यक्ष मचिन्द्र बेघा, क्या सुरेन्द्र प्रकाश जवेगु, रामकुमार लिङ्देन, सिंहराज नेम्वाङ आदिको पनि जसपा, नेपालको केन्द्रिय समिति तथा सम्मानित पदहरुमा सिफारिस गर्ने सहमति भएको छ । पान्थर जिल्ला समायोजन कार्यक्रममा प्रमुख अतिथिको रूपमा जसपा, नेपाल केन्द्रिय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले कांग्रेस र कम्युनिष्टहरुबाट देशमा आमूल परिवर्तन संभावना छैन । यी पार्टीहरु असफल, यथास्थितिवादी पार्टी हुन । अबको विकल्प जसपा, नेपाल भएको बताउनुभयो । उहाँले भने कांग्रेस र कम्युनिसष्ट संग राजनीतिक मुद्दा छैन, उनीहरुको मुद्दा स्वार्थको मुद्दा हो ।

विशिष्ट अतिथिको रूपमा संघीय लिम्बुवान पार्टी, नेपाल ९सन्जुहाङ समूह० का केन्द्रीय उपाध्यक्ष मचिन्द्र बेघाले लिम्बुवान लगायत पहिचानको मुद्दाहरु जसपा, नेपालबाट सफल हुने बिश्वास र भरोसाका कारण आफुहरु एकता समायोजनमा सरिक भएको बताउनुभयो । विशिष्ट अतिथिको रूपमा बोल्दै प्रदेश १ का अध्यक्ष प्रबिण चाम्लिङले आफ्नो बिगतको ईतिहास राप्रपा भएता पनि १० प्लस १ को मुद्दा प्रती प्रतिबद्ध भएकोले शंका नगर्न अनुरोध गर्नुभयो । अतिथिको रूपमा केस तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले केपी ओली कमेडियन तानाशाही भएको बताउनुभयो । उहाँले भन्नुभयो, केपि ओली आफुलाई क्रान्तिकारी ठान्दो हुन । यो भ्रम हो ।ओली त कमेडीयन तानाशाह हुन । संसद विघटन प्रतिगामी कदम भएकोले यो धेरै नटिक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य दिपेन्द्र आङ्देम्बे, बिज्ञ परिषद सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सल्लाहकार राजेन्द्र जवेगु, प्रदेश उपाध्यक्ष उमेश थापा, जसपा, नेपाल प्रदेश १ का अध्यक्ष फक्ताङलुङ योङहाङ ९तात्कालिक राजपा, प्रदेश सदस्य राजेश ईङवा, प्रदेश सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एबिराज आङदेम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य गणेश चेम्जोङ, नवसमायोजितको तर्फबाट कमलराज नेम्वाङ आदिले बोल्नु भएको थियोे । कार्यक्रममा जसपा, नेपालका केस तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्षहरु प्रेमराज लावती र जेन्टल लावती, लेखा समिति सदस्यहरु दिलेन्द्र कुरुम्बाङ र डिएम आङदेम्बे, लिम्बुवान राष्ट्रिय समिति सचिवालयहरु सदस्य टिआर आङदेम्बे र जकेन्द्र लावती, लिम्बुवान राष्ट्रिय समिति सदस्यहरु माया नेम्वाङ, टीका नेम्बाङ, बुद्ध लिम्बू, मान बहादुर हाङस्रोम्बा, तुम्याहाङ नेम्वाङ, मलिशा याक्थुङ्बा, एलबी रहपाल, राकेश माङ्मु, लोकेन्द्र आले, काङसोरे सुन्दर लावती लगायतको उपस्थिति रहेकोे थियो ।
कार्यक्रमको अध्यक्षता लक्ष्मण लावती, कार्यक्रम संचालन युवा नेता हरी लोवा र कार्यक्रममा स्वागत मन्तव्य भरत राईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेस र कम्युनिस्टसंग देश परिवर्तनको एजेन्डा..." A few seconds ago

सम्बन्धित खवर