प्रचण्ड निकट थापा र भट्टले दिएनन् राजिनामा – Satabdi News

प्रचण्ड निकट थापा र भट्टले दिएनन् राजिनामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।

प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरेका छन् । तर पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।

बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।

यो पनि पढ्नुहोस् :-

७ मन्त्रीले दिए सामूहिक राजीनामा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रचण्ड निकट थापा र भट्टले दिएनन् राजिनामा" A few seconds ago

सम्बन्धित खवर