लोपोन्मुख समुदाय गन्धर्व परिवारलाई राहत बितरण – Satabdi News

लोपोन्मुख समुदाय गन्धर्व परिवारलाई राहत बितरण

भोजपुर । लामो समय सम्मको लकडाउनका कारण सबै भन्दा बढी मारमा परेका अरुण गाउँपालिका ६ जरायोटार माङिदङ्को ११ घर गन्धर्व समुदायलाई राहत स्वरुप खाध्ययन्न सामान उपलब्ध गरिएको हो ।

प्रबासमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा सामुहिक नेपाल अभियानको संयोजनमा राहत बितरण गरिएको हो । राहत स्वरुप प्रति घर ३० केजिको १० बोरा चामल ,१५ केजीको २ बोरा चिउरा , १५ केजीको २ बोरा मुसुरी दाल , १० केजी नुन , २ काटुन तेल गरि ११ घर गन्धर्व परिवारलाई बितरण गरिएको हो ।

लोपोन्मुख समुदाय गन्धर्वहरुको गित गाएर घरपरिवारको गर्जो टार्दै आएको गन्धर्व परिवारलाई कोरोनाले पेशा सङ्कट परेकाले आर्थिक उपार्जन पनि नभएकाले राहत बितरण गरिएको सामुहिक नेपाल अभियानका अध्यक्ष गणेश श्रेष्ठले जनाए ।

राहत बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)को जिल्ला सचिवालय सदस्य तथा अरुण अध्यक्ष वलभद्र राई जिल्ला सदस्य तथा अरुण सचिव नारायण घिमिरे जिल्ला सदस्य सुरेन्द्र कुमार श्रेष्ठ लगायत स्थानिय जनप्रतिनिधी बुद्धिजीवी समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष वलभद्र राईले गन्धर्व गित नेपालको मौलिक पहिचान भएका राष्ट्रको सम्पत्तिको रुपमा रहेको बताए । गन्धर्वहरुको मौलिक पहिचान संरक्षण, प्रबर्द्धन गर्ने मुख्य दायित्व सरकारको रहेकाले त्यस तर्फ सरकारले ठोस नीति तथा कार्यक्रम ल्याएर समग्र गन्धर्व समुदायको जीवन स्तर माथी उकास्न भुमी खेल्न पर्नेमा जोड दिए ।

गन्धर्व समुदायलाई स्थानिय सरकारले बेवास्ता गरेको कुरा विभिन्न सपन्चार माध्यममा आए पछी नेकपा अरुणको पहलमा राहत बितरण गरिएको हो ।कार्यक्रम जिल्ला समन्वय समितिको प्रमुख लक्ष्मण खड्काको आतिथ्यतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोपोन्मुख समुदाय गन्धर्व परिवारलाई राहत बितरण" A few seconds ago

सम्बन्धित खवर