बेलबारी नगरपालिकाले सहुलियतपुर्ण कर्जा दिन राष्ट्रिय वाणिज्य बैकसँग सम्झौता – Satabdi News

बेलबारी नगरपालिकाले सहुलियतपुर्ण कर्जा दिन राष्ट्रिय वाणिज्य बैकसँग सम्झौता

मंसिर २९, बेलबारी । बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ ।

आईतबार नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई नगरपालिका आफै धितो बसेर सहुलियतपुर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाइएको छ ।

नगरपालिकाले सहुलित पुर्ण कर्जाका लागि कार्यविधि बनाएर कार्यान्यन थालेको हो । नगरपालिकाले आफै ग्यारेन्टी गरेपछि  ५ लाख सम्म सहुलियत पुर्ण कर्जा दिने व्यवस्था गरेको छ । जसका लागि २ प्रतिशत ब्याजदर, कर्जा लिनेले बैकलाई बुझाउनु पर्ने छ भने थप ब्याज नगरपालिका स्वयमले बैकलाई आफै बुझाउने छ । सुहलियतपुर्ण कर्जा लिनका लागि ५–५ जनाको समूह बनाउनु पर्ने हुन्छ । समुहको ब्यबस्थापन, समुहरुलाई सहजिकरण, अनुगमन तथा कार्याबनयन गर्नका लागि नगरपालिकाले छुटै कर्मचारीहरुको समेत व्यवस्थापन गरेको छ । यस्तै सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरपालिकाको कामको प्रशंसा गर्दै अन्य स्थानिय तहले समेत  केहि सिक्नु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले सहुलियतपुर्ण कर्जा दिन राष्..." A few seconds ago

सम्बन्धित खवर