कवि युनिशा सत्यालको ३ सशक्त कबिताहरु – Satabdi News

कवि युनिशा सत्यालको ३ सशक्त कबिताहरु

युनिशा सत्याल

जिन्दगी:-

तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ
चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ,
ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ
जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ॥

फूल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ
खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ,
महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ
त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ॥

ज्योति भए जिन्दगी दियो जस्तै बाल्नु पर्छ
सुन भए जिन्दगी एक नम्बर मा गाल्नु पर्छ
सुरुवात भए जिन्दगी आजै बाट थाल्नु पर्छ
म त भन्छु जिन्दगी जसरी नि पाल्नु पर्छ॥

बसन्त भए जिन्दगी हरियाली आउनु पर्छ
गीत भए जिन्दगी संगित मा गाउनु पर्छ,
खेती भए जिन्दगी पटक पटक धाउनु पर्छ
अमुल्य यो जिन्दगी जोगाई राख्न पाउनु पर्छ!!

कुरै कुरा:-

साना ठुला जति बराबरीका कुरा गर्छन्
गाउँका पनि अहिले शहरका कुरा गर्छन्
गरीबका छाक टार्न धौधौ परिरएका छन्
हुनेखानेहरु नौला रहर र चाहनाका कुरा गर्छन्।।

यो भाग्य जता पुगेनि ठोकिएकै हुन्छ
तर पनि पैतालाहरू सफरका कुरा गर्छन्
काम सिनको भाँच्नु छैन गफ मात्रै लाउने
नेताहरु भने भएभरका कुरा गर्छन्।।

जसले बृद्ध आमा बालाई आश्रममा राख्यो हिजो
उनिहरु नै मञ्चमा ईश्वरका कुरा गर्छन्।।

सिक्दैछु:-

पिडाको पहाड चिर्दै पसिना बगाउँदै छु
जिन्दगीमा आफ्नै लक्ष्य बनाउने बाटो समाउदै छु ,
सपनाहरु हजारौं टुक्रा हुँदा नि विपनामा रमाउदै छु
हरेक घात र चोट झेल्दै घाउहरू जमाऊदै छु ।।

धोका धेरै पाए जिवनमा सहन सिलता कमाउँदै छु
नयाँ मोड जिवनको हिड्न गाह्रो बल्ल पाइला चलाँउदै छु,
स-साना खुशीहरु जोड्दै यथार्थमा जिउदै छु
अब भविष्य आफ्नो बनाउने बाटो समाउदै छु !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कवि युनिशा सत्यालको ३ सशक्त कबिताहरु" A few seconds ago

सम्बन्धित खवर