रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास – Satabdi News

रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास

रौतहट ।  रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्पतालको शिलान्यास भएको छ ।

छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ मङ्सिर १५ गते भवन शिलान्यास गर्ने सङ्घीय सरकारको तयारी भएको थियो । त्यसै अनुरुप रौतहटमा पाँच स्थानीय तहले शिलान्यास गरेको छ ।

रौतहटको मौलापुर स्वास्थ्यचौकी, कटहरिया स्वास्थ्यचौकी, शिवनगर स्वास्थ्यचौकी, खेसरहिया स्वास्थ्यचौकी तथा परोहा नगरपालिकाको लौकाहा स्वास्थ्यचौकीको शिलान्यास सम्पन्न भएको हो ।

राजदेवी नगरपालिकामा जग्गा प्राप्तिमा विवाद उत्पन्न भएपछि मुडवलवा स्वास्थ्यचौकीको भने शिलान्यास हुन सकेन। मौलापुर, कटहरीया, खेसरहीया, मुडवलवा स्वास्थ्य चौकी १५ शय्याको रहेको छ भने शिवनगर र लौकाहा स्वास्थ्य चौकी १० शय्याको रहेको हो ।

मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहले भवन अस्पताल शिलान्यास गदै भने, “अस्पताल तोकिएको समयसीमा अनुरुप दुई वर्षमा निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउने बताइन् । प्रदेश २ कै एकमात्र महिला स्थानीय तह प्रमुख रहेकी नगर प्रमुख साहले उक्त अस्पताल निर्माण भएसंगै मौलापुर नगरपालिकासहित आसपास अन्य स्थानीय तहका नागरिक समेतले सुविधा पाउने बताइन्।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्ने योजना बमोजिम अधिकांश स्थानीय तहले शिलान्यास गरेको छ। जहाँ ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिने छ। सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रौतहटको विभिन्न स्थानीय तहमा एकैसाथ पाँचवटा अस्..." A few seconds ago

सम्बन्धित खवर